नेपालले मलेसियालाई ९ विकेटले जित्यो काठमाडौं। नेपालले त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा मलेसियालाई ९ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११० रनको लक्ष्य नेपालले १२.१ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो। कुशल र आसिफले पहिलो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए। आसिफ ४२ रन बनाएर आउट हुँदा कुशलले अविजित ६१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले अविजित ६ रन बनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्