२०२४ देखि च्याम्पियन्स लिग नयाँ स्वरुपमा आयोजना गरिने
काठमाडौं। युरोपियन फुटबल संघले युरोपियन च्याम्पियन्स लिगको नयाँ स्वरुपमा सहमती जनाएकाे छ। यससँगै २०२४ देखि च्याम्पियन्स लिगमा ३६ टिमको सहभागिता रहने पक्का भएको छ।
लिगको नयाँ स्वरुपअनुसार नकआउटमा स्थान बनाउन एक टिमले १० टोलीविरुद्द खेल्नुपर्नेछ।
लिगका ३६ टिममध्ये उत्कुष्ट ८ टिमले नकआउटमा स्थान बनाउने छन्। यसैगरी त्यसपछिका १६ टिमले नकआउटको बाँकी ८ मा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस्