मन त नेपालकै खेलमा छ– पारस
काठमाडौं। नेपाली क्रीकेट टिमका पूर्व कप्तान पारस खड्काले शारीरिक रूपमा उपस्थित हुन नसके पनि मन भने नेपालकै खेलमा रहेको बताएका छन्।
चोटका कारण पारसले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाबाट नाम फिर्ता लिएका थिए। पारसको स्थानमा सन्दीप जोराले स्थान बनाएका थिए। पारसले ट्विटरमा लेखेका छन्, ‘भौतिक रूपमा उपस्थित हुन नसके पनि मेरो मन सधैं नेपालको खेलमा छ।’
प्रतिक्रिया दिनुहोस्