नेपाललाई दोस्रो झट्का, कप्तान ज्ञानेन्द्र आउट
काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्डविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। नेपालले छैटौं ओभरको अन्तिम बलमा दोस्रो विकेटका रूपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो। १४ बल खेलेका २० रन बनाएर पेभेलियन फर्किएका हुन्। ज्ञानेन्द्रले आफ्नो पारीमा दुई चौका र एक छक्का प्रहार गरेका थिए। कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय मैदानमा जारी त्रिदेशीय कपमा नेपालसहित नेदरल्यान्डस र मलेसिया सहभागी छन्।
प्रतिक्रिया दिनुहोस्