नेपाल सुपर लिगमा जोडियो निभिया
काठमाडौं। नेपाली फुटबलमा पहिलोपटक हुने फ्रेन्चाइज कप नेपाल सुपर लिग (एनएसएल)मा स्पोर्टस कम्पनी निभिया प्रतियोगिताको आधिकारीक बल पार्टनरका रूपमा जोडिएको छ। एनएसएलमा आधिकारिक बल पार्टनर सम्झौतामा मंगलबार निभियाका नेपाल प्रतिनिधि किशोर थापर र एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। शनिबारदेखि दशरथ रंगशालामा सुरु हुने खेलमा नेपालका विभिन्न सात सहरहरूको नामका सात फ्रेन्चाइज टोलीहरू सहभागी रहेका छन्।
प्रतिक्रिया दिनुहोस्