
नेदरल्यान्ड्सद्वारा नेपाल तीन विकेटले पराजित
काठमाडौं। त्रिदेशीय अन्तराष्ट्रिय ट्वान्टी-२० प्रतियोगितामा नेदरल्यान्ड्सले आज नेपाललाई तीन विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनायो। २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर २०९ रन जोड्दै लक्ष्य पूरा गरेको हो। नेदरल्यान्ड्सका बास डि लिडेले नटआउट सर्वाधिक ८१ रन बनाए।
प्रतिक्रिया दिनुहोस्