कुशलले बनाए कीर्तिमान
काठमाडौं। त्रिदेशीय ट्वान्टी-२० शृङ्खलामा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले कीर्तिमान बनाएका छन्। नेदरल्यान्ड्सविरुद्ध ६२ रनको अर्धशतकीय पारी खेलेका कुशल विश्व ट्वान्टी-२० क्रिकेटको डेब्युका लगातार तीन खेलमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्स्म्यान बनेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल (२०६/६, २० ओभर) नेदरल्यान्ड्स (२०७/७, १९.३ ओभर)सँग तीन विकेटले पराजित भएको छ।
प्रतिक्रिया दिनुहोस्