दिल्लीको तेस्रो जीत, मुम्बई ६ विकेटले पराजित काठमाडौं। दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले हराउँदै आईपीएलमा तेस्रो जीत हात पारेको छ। पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो। १३८ रनको लक्ष्य दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५ र स्टिभ स्मिथले ३३ रन जोडे। दिल्लीका अमित मिश्राले ४ तथा आभेस खानले २ विकेट लिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्