![](https://www.dekhapadhi.com/uploads/posts/1618970842.Primiar Super legue.jpg)
प्रिमियर लिगको सबै ६ क्लबले सुपर लिगबाट नाम फिर्ता लिए
एजेन्सी। इङ्लिस प्रिमियर लिगका सबै ६ क्लबले युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका छन्।
चेल्सीले प्रतियोगिताबाट नाम फिर्ता लिनको लागि तयारी थालेपछि म्यानचेस्टर सिटीले शुरूमै नाम फिर्ता लिएको हो। त्यसपछि बाँकी टिम आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामले पनि सिटीको बाटो पछ्याएका थिए। आइतबार १२ टिम सम्मिलित सुपर लिगको घोषणा गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्