युनाइटेडका कार्यकारी उपाध्यक्ष उडवार्डले दिए राजीनामा
काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका कार्यकारी उपाध्यक्ष इड उडवार्डले २०२१ को अन्त्यबाट लागू हुनेगरी पदबाट राजिनामा दिएका छन्।
म्याचेस्टर युनाइटेडसँगै प्रिमियर लिगका अन्य पाँच क्लबले प्रस्तावित युरोपियन सुपर लिगबाट नाम फिर्ता लिए लगत्तै उडवार्डको यस्तो घोषणा आएको हो। ४९ वर्षे उडवार्ड २००५ मा युनाइटेडसँग अनुबन्ध भएका थिए। २०१२ देखि उनी अहिलेको पदमा छन्।
प्रतिक्रिया दिनुहोस्