नेप्सेमा ३२ अंकको गिरावट काठमाडौं। सेयर बजार परिसूचक ३२.४१ अंकले घटेको छ। मंगलबार सामान्य सुधार आएको परिसूचक आज फेरि घटेको हो। उच्च अंकको गिरावटसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २,६३२ अंकमा आइपुगेको छ। यस क्रममा ५ अर्ब ७७ करोड रूपैयाँबराबरको कारोबार भएर एक करोड ३७ लाख कित्ता सेयर किनबेच भएको छ। कारोबार भएका १३ मध्ये मुच्युअल फण्डबाहेक सबै समूह घटेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्