नेदरल्यान्ड्सद्वारा मलेसियालाई १०८ रनको लक्ष्य काठमाडौं। त्रिवि क्रिकेट मैदानमा वर्षाले १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्यान्ड्सले मलेसियालाई जितका लागि १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेदरल्यान्ड्सले १३ ओभरमा चार विकेट गुमाएर १०७ रन बनायो। नेदरल्यान्ड्सका बेन कुपरले सर्वाधिक ५४ रन बनाए। त्यस्तै पिटर सिलरले ३७ तथा एन्टोनियस स्टलले १० रन जोडे। मलेसियाका मुहम्मद वाफिकले दुई विकेट लिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्