मुम्बई इन्डियन्सका कप्तान रोहितलाई १२ लाख भारु जरिवाना एजेन्सी। मंगलबार दिल्ली क्यापिटलसँगको खेलमा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई १२ लाख जरिवाना तिराइने भएको छ। उनले ढिला ओभर सकेको भन्दै जरिवाना तोकिएको हो । आईपीएलले भनेको छ- मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई जरिवाना किन लगाइएको छ भने, उनले दिल्ली क्यापिटल्सविरुद्धको खेलमा अत्यन्तै सुस्त गतिमा बलिङ गरे। यसलाई आईपीएल आचारसंहिता विपरीत मानिन्छ। सोही कारण उनलाई जरिवाना गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्