मलेसियाविरुद्ध नेदरल्यान्ड्स : वर्षाका कारण फेरि खेल अवरुद्ध काठमाडौं। कीर्तिपुरमा जारी मलेसिया र नेदरल्यान्ड्सविरुद्धको खेल फेरि वर्षाका कारण अवरुद्ध भएको छ। दोस्रो इनिङ्सको छैटौं ओभर चलिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको हो। वर्षाअघि १०८ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले ६ ओभरमा विकेट नगुमाई ५६ रन बनाएको थियो। यसअघि पहिलो इनिङ्समा पनि वर्षा भएपछि खेल केहीबेर रोकिएको थिए। वर्षाकै कारण खेललाई निर्धारित २० ओभरबाट १३ ओभरमा छोट्याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्