इन्टर र एट्लेटिकोले पनि युरोपियन सुपर लिगबाट नाम फिर्ता लिए काठमाडौं। इटालियन क्लब इन्टर मिलान र एट्लेटिको मड्रिडले पनि प्रस्तावित युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका छन्। यसअघि इङ्ल्यान्डका ६ क्लब म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल, म्यानचेस्टर सिटी, चेल्सी र टोटेनह्यामले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए। युरोपाका १२ ठूला क्लबले प्रस्तावित सुपर लिग खेल्न सहमति जनाएका थिए तर क्लबहरूले नाम फिर्ता लिन थालेपछि प्रतियोगिता अन्योलमा परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्