पाकिस्तानले जिम्बाब्वेलाई ११ रनले हरायो
काठमाडौं। मोहम्मद रिजवानको अविजित ८२ रनप्रेरित पाकिस्तानले पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेलाई ११ रनले पराजित गरेको छ। ओपनर रिजवानले ६१ बलमा दश चौका र एक छक्का प्रहार गरेपछि हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले सात विकेट गुमाएर १४९ रन बनाएको थियो। १५० रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो।
प्रतिक्रिया दिनुहोस्