
पहिलो दिन सकिँदा श्रीलंकाविरुद्ध बंगलादेश बलियो स्थितिमा
काठमाडौं। नाजमुल होसैन शान्तोले अविजित १२६ रन बनाएपछि श्रीलंकाविरुद्ध पहिलो टेष्टको पहिलो दिन बंगलादेश बलियो स्थितिमा पुगेको छ। टस जितेर ब्याटिङ थालेको पाहुना टोली बंगलादेश पहिलो दिन सकिँदा ३०२/२ को स्थितिमा छ। बंगलादेशका शान्तोले दोस्रो विकेटका लागि ओपनर तमिम इकबाबसँग १४४ र मोमिनुल हकसँग तेस्रो विकेटका लागि अविजित १५० रनको साझेदारी गरे। श्रीलंकाका विश्व फर्नान्डोले दुई विकेट लिए।
प्रतिक्रिया दिनुहोस्