च्याम्पियन्स लिग युरोपको सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता हो भने युरोपा लिग दोस्रो श्रेणीको प्रतियोगिता हो। अब तेस्रो श्रेणीको प्रतियोगिताको रुपमा युरोपा कन्फ्रेन्स लिग आयोजना हुनेछ।
स्लोभेनियामा बसेको युईएफएको बैठकले युरोपियन कन्फ्रेन्स लिग २०२१ देखि सुरु गर्ने निर्णय गरेको छ। यो लिग पनि च्याम्पियन्स लिग र युरोपा लिग सँगसँगै आयोजना हुनेछ।
तर, यस लिगमा कति टीम सहभागी हुने भन्ने खुलाइएको छैन। खेलहरू हरेक बिहीबार शुरु हुनेछ। यस्तै सेन्ट्रल युरोपियन समयअनुसार खेल बेलुका पौने ७ बजे र राति ९ बजे शुरु हुनेछ।
यसै गरी युईएफएको बैठकले सन् २०२१ को च्याम्पियन्स लिगको फाइनल रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने निर्णय गरेको छ।
यस्तै २०२२ को फाइनल जर्मनीको आलीआन्ज एरिनामा र २०२३ को फाइनल इंग्ल्यान्डको वेम्वली स्टेडियममा हुने निर्णय गरेको छ।
यस्तै २०२१ को युरोपा लिग फाइनल सेभियामा हुने निर्णय भएको छ।
" /> च्याम्पियन्स लिग युरोपको सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता हो भने युरोपा लिग दोस्रो श्रेणीको प्रतियोगिता हो। अब तेस्रो श्रेणीको प्रतियोगिताको रुपमा युरोपा कन्फ्रेन्स लिग आयोजना हुनेछ।स्लोभेनियामा बसेको युईएफएको बैठकले युरोपियन कन्फ्रेन्स लिग २०२१ देखि सुरु गर्ने निर्णय गरेको छ। यो लिग पनि च्याम्पियन्स लिग र युरोपा लिग सँगसँगै आयोजना हुनेछ।

">