आईपीएलमा हैदराबादको पहिलो जित, पन्जाब ९ विकेटले पराजित
एजेन्सी। किंग्स इलेभेन पञ्जाबलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबादले (आईपीएल)मा पहिलो जित हात परेको छ। टस जितेर पहिले ब्याटिङमा आएको पन्जाबले १९.४ बलमा अलआउट हुँदै १२० रन बनायो। १२१ रनको सामान्य लक्ष्य सनराईजर्सले १८.४ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो। सनराइजर्सको जितमा जोनी बेयरस्ट्रोले ६३ रनको अविजित इनिङ्स खेले। त्यस्तै कप्तान डेविड वार्नरले ३७ र केन विलियम्स १६ रनमा अविजित रहे। सनराइजर्सका खलिल अहमेदले ३ तथा अभिषेक शर्माले २ विकेट लिए।
प्रतिक्रिया दिनुहोस्