सिटीलाई शीर्ष स्थानमा ११ अंकको अग्रता
एजेन्सी। दुई खेलाडीले रातो कार्डको सामना गरेको खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २–१ ले पराजित गरेको छ। जितपछि सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग ११ अंकको अग्रता लिएको छ। सिटीका जोन स्टोन्सले ४४ र एस्टन भिल्लाका म्याटे क्यासले ५७औं मिनेटमा रातो कार्डको सामना गरे। सिटीका लागि फिल फोडेन र रोड्रीले गोल गरे। एस्टन भिल्लाका लागि जोन म्याकगिनले गोल गरे।
प्रतिक्रिया दिनुहोस्