युभेन्टसको जितमा सान्ड्रोको दुई गोल काठमाडौं। एलेक्स सान्ड्रोको दुई गोलप्रेरित युभेन्टसले पर्मालाई ३–१ ले पराजित गरेको छ। भ्रमणकारी पर्माले २५औं मिनेटमा गास्टन ब्रुगमनको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। सान्ड्रोले ४३औं मिनेटमा बराबरी गोल फर्काए। ४७औं मिनेटमा सान्ड्रोको गोलबाट युभेन्टसले अग्रता लियो। ६८औं मिनेटमा म्याथिज डी लिटले युभेनटसको जित पक्का गरे। युभेन्टस ६५ अंकका साथ तेस्रो स्थानमा छ। पर्मा रेलिगेशन क्षेत्रमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्