कलकत्ताका कप्तान इयोन मोर्गनलाई १२ लाख जरिवाना
काठमाडौं। कलकत्ता नाइट राइडर्सका कप्तान इयोन मोर्गन कारबाहीमा परेका छन्। गएराति भएको चेन्नईविरुद्धको खेलमा बलिङ ओभर गति सुस्त बनाएको भन्दै आईपीएलले मोर्गनलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरेको हो।
मोर्गन यस सिजन आईपीएलमा बलिङ ओभर गति सुस्त बनाएको भन्दै कारबाहीमा पर्ने तेस्रो कप्तान हुन। यसअघि चेन्नईका कप्तान महेन्द्र सिहं धोनी र मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा बलिङ कारबाहीमा परेका थिए।
प्रतिक्रिया दिनुहोस्