मलेसियाविरूद्ध नेपाली टिममा दुई खेलाडी परिवर्तन
काठमाडौं। मलेसियाविरूद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ। त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा समूह चरणको अन्तिम खेलमा नेपालले आज अविनाश बोहराको स्थानमा कमलसिंह ऐरी र शाहब आलमको स्थानमा सुशन भारीलाई मौका दिएको छ। नेपालले पहिलो खेलमा मलेसियालाई ९ विकेटले पराजित गरेको थियो। मलेसियाले पनि पवनदीप सिंह र शफिक शरिफको स्थानमा अैनुल हफिज र दीबेन्द्रन मोगानलाई स्थान दिएको छ।
प्रतिक्रिया दिनुहोस्