क्रिकेटर धोनीका बुबाआमा अस्पताल भर्ना
एजेन्सी। कोरोना संक्रमण भएपछि भारतीय क्रिकेट टोलीका पुर्वकप्तान महेन्द्रसिंह धोनीका बुबाआमा अस्पताल भर्ना भएका छन्। धोनीका बुबा पान सिंह र आमा देविकादेवी राँचीको स्थानीय अस्पतालमा भर्ना भएको भारतीय मिडियाले बताएको छ। बुबाआमा अस्पताल भर्ना भएपनि धोनीले भने क्लब चेन्नई सुपर किङ्सबाट आईपीएल खेलिरहेका छन्। भारतमा बढिरहेको कोरोनाको दोस्रो लहरको प्रभाव आईपीएल खेलमा पनि देखिएको छ।
प्रतिक्रिया दिनुहोस्