नेपालको तेस्रो विकेट गयो, आशिफ र कप्तान ज्ञानेन्द्र पवेलियन फर्किए
काठमाडौं। मलेसियाविरूद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। मलेसियाका अनवर रहमानले नेपालका आशिफ शेखलाई एलबिडब्लुको धरापमा पारेका हुन्। आशिफले ३२ बलमा तीन छक्कासहित ४२ रन बनाइ पभेलियन फर्किए। नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ४१ रन बनाएर पवेलियन फर्किएका छन्। ज्ञानेन्द्रलाई अनवार रहमानले मुहम्मद आफिकमार्फत क्याच गराए। नेपाल अहिले १४८/३ को स्थितिमा छ। कुशल भुर्तेल १६ रन बनाएर आउट भएका थिए।
प्रतिक्रिया दिनुहोस्