करणको आक्रामक ब्याटिङमा नेपालले मलेसियालाई दियो २१८ रनको लक्ष्य काठमाडौं। करण केसीको आक्रामक ब्याटिङ तथा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेपछि नेपालले मलेसियालाई जितका लागि २१८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा सात विकेट गुमाएर २१७ रन बनायो। करणले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए। ज्ञानेन्द्रले ४१ र आसिफले ४२ रन बनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्