सन्दीपले एकै ओभरमा लिए दुई विकेट
काठमाडौं। कीर्तिपुरमा जारी मलेसियाविरुद्धको खेलमा सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो तथा नेपालका लागि आठौं विकेट लिएका छन्। सन्दीपले १५औं ओभरको पहिलो बलमा मलेसियाका फित्री साम र पाँचौँ बलमा एईनोल हाफिज्सको विकेट लिएका हुन्। यससँगै जारी प्रतियोगितामा सन्दीप ११ विकेट पुगेको छ। उनी शृङ्खलाका सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन्।
प्रतिक्रिया दिनुहोस्