मेस्सीले २ गोल गरेको खेलमा बार्सिलोनाको शानदार जित एजेन्सी। स्पेनिस ला लिगामा बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले २ तथा एन्टोनी ग्रिजम्यान र रोनाल्ड अरुजोले एक एक गोल गरे । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो। गेटाफेका इनेस उनलले पेनाल्टीमार्फत एक गोल फर्काए भने एक गोल आत्मघाती उपहार पाएको थियो। जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्