वेस्ट ब्रुमविरुद्ध लेस्टर विजयी
एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा बिहीबार राति भएको खेलमा लेस्टर सिटीले वेस्ट ब्रुमलाई ३–० ले पराजित गरेको छ।
लेस्टरको जितमा जेमी भार्डी, जोनी इभान्स र केलिची इहिनाचोले एक–एक गोल गरे। जितसँगै ३२ खेलमा ५९ अंक जोडेको लेष्टर लिगको तेस्रो स्थानमा रहेको छ।
लिगमा २४ अंक जोडेको वेस्ट ब्रुम १९ औं स्थानमा रहेको छ।
प्रतिक्रिया दिनुहोस्