इभ्राहिमोभिच थप एक वर्ष एसी मिलानमा रहने
एजेन्सी। स्विडेनका भेट्रान खेलाडी ज्लाटन इभ्राहिमोभिच र इटालीयन क्लब एसी मिलानसँगको सम्झौता नवीकरण गरेका छन्।
एसी मिलान र इभ्राहिमोभिच थप एक वर्ष क्लबमै रहने गरी सम्झौता भएको हो। नयाँ सम्झौताअनुसार इभ्राहिमोभिक २०२१÷२०२२ सम्म एसी मिलानमा रहनेछन्। ४० वर्षीय स्विडिस फरवार्ड २०१९ मा एसी मिलान आएका थिए। इभ्राहिमोभिचले यस सिजनमा २५ खेलमा १७ गोल गरेका छन्।
प्रतिक्रिया दिनुहोस्