जिम्बाबेद्वारा पाकिस्तानलाई ११९ रनको लक्ष्य प्रस्तुत
एजेन्सी। जिम्बाबेका राजधानी हरारेमा जारी ट्वान्टी-२० श्रृंखलाको दोस्रो खेलमा जिम्बाबेले पाकिस्तानलाई ११९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङमा आएको जिम्बाबेले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनायो। जिम्बाबेका तिनासे कामुनहुकाम्वेले सर्वाधिक ३४ रन बनाए। रेगिस चकाम्वाले १८ र विस्ले मधेवेरेले १६ रन बनाए। पाकिस्तानका महम्मद हसनेन र डनिस अजिजले समान दुई/दुई विकेट लिए।
प्रतिक्रिया दिनुहोस्