जिम्बाबेद्वारा पाकिस्तान पराजित एजेन्सी। जिम्बाबेमा जारी ट्वान्टी-२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा जिम्बाबेले पाकिस्तानलाई १९ रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङमा आएको जिम्बाबेले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११८ रन बनायो। ११९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा अलआउट हुँदै ९९ रन मात्रै बनाउन सक्यो।जिम्बाबेका तीनासे कामुनहुकाम्वेले सर्वाधिक ३४ रन बनाए। जिम्बाबेका लुक जोङवी र रियन बुरल दुई/दुई विकेट लिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्