नेपाल सुपर लिगः उद्घाटन खेलमा आज काठमाडौं र ललितपुर भिड्दै काठमाडौं । नेपाली फुटबलमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन्। काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ। जेठ १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्