
नेपालले फाइनलमा बनाएका दुई कीर्तिमान
काठमाडौं। त्रिवि क्रिकेट मैदानमा सम्पन्न त्रिदेशीय क्रिकेट प्रतियोगिताको फाइनलमा नेदरल्यान्ड्सलाई १४३ रनले पराजित गर्दै उपाधि जितेको नेपालले दुई कीर्तिमान बनाएको छ। नेपालले बनाएको २३८ रन ट्वान्टी-२० क्रिकेटमा सबैभन्दा धेरै रन हो। नेपालले नेदरल्यान्ड्सलाई १४३ रनले हरायो। यो ट्वान्टी-२० क्रिकेटमा नेपालको सबैभन्दा ठुलो रनअन्तरको जित हो। यो नेपालको लागि ट्वान्टी-२० प्रतियोगिताको पहिलो उपाधी हो।
प्रतिक्रिया दिनुहोस्