प्रिमियर लिगमा चेल्सीको महत्त्वपूर्ण जित काठमाडौं। शीर्ष चारको होडमा रहेको चेल्सीले इंग्लिस प्रिमियर लिगमा महत्त्वपूर्ण जित हात पारेको छ । चेल्सीले वेस्ट ह्यामलाई उसकै मैदानमा १–० ले हराएको हो । चेल्सीको जितमा खेलको ४३ औं मिनेटमा टिमो वेर्नरले गरेको गोल निर्णायक बन्यो । जितपछि चौथो स्थानको चेल्सीको ३३ खेलबाट ५८ अंक भएको छ । वेष्ट ह्याम ५५ अंकसहित पाँचौँ स्थानमा कायम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्