आईपीएल क्रिकेटः राजस्थानद्वारा कोलकत्ता पराजित
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्समाथि राजस्थान रोयल्सले ६ विकेटको जित हात पारेको छ। कोलकत्ताले दिएको १३४ रनको लक्ष्य राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।
राजस्थानको जितमा सन्जु सामसनले अविजित ४२ रन र डेभिड मिल्नरले २४ रन बनाए। कोलकत्ताका वरुण चक्रवर्तीले २ तथा शिवम माभी र प्रशिद्ध कृष्णले एकएक विकेट लिए।
प्रतिक्रिया दिनुहोस्