पहिलो टेष्टको पहिलो इनिङमा श्रीलंकालाई १०७ रनको अग्रता
काठमाडौं। बंगलादेशविरुद्धको पहिलो टेष्टको पहिलो इनिङमा श्रीलंकाले १०७ रनको अग्रता लिएको छ। श्रीलंकाले आठ विकेट गुमाएर ६४८ रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषणा गरेको हो। श्रीलंकाका दिमुथ करुणारत्नेले २४४ र धनन्जय डी सिल्भाले १६६ रन बनाए। त्यसअघि बंगलादेशले सात विकेट गुमाएर ५४१ रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। आज अन्तिम दिन भएकाले टेष्ट बराबरीमा टुंगिने सम्भावना बलियो छ।
प्रतिक्रिया दिनुहोस्