जिम्बाब्वेविरुद्धको ट्वान्टी-२० शृंखला पाकिस्तानलाई एजेन्सी। मोहम्मद रिजवानको अविजित ९१ तथा हसन अलीको चार विकेटप्रेरित पाकिस्तानले आज तेस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेलाई २४ रनले पराजित गरेको छ। जितसँगै पाकिस्तानले तीन खेलको शृंखला २-१ ले जितेको छ। हरारे स्पोटर्स क्लबमा पाकिस्तानले तीन विकेट गुमाएर १६५ रन बनाएको थियो। १६६ रनको लक्ष्य पछ्याएको जिम्बावेले सात विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्