गोल गर्न र गोल रोक्न दुबैमा चुक्यौं- धनगढीका प्रशिक्षक राई काठमाडौं। विाराटनगर सिटीसँग पराजित भएपछि धनगढी एफसीका प्रशिक्षक युगलकिशोर राईले खराब हार ब्यहोरेको बताए। उनले भने, "फुटबलमा जित्न गोल गर्ने र गोल रोक्ने हो। तर हामी दुबैमा चुक्यौं। पाएको मौका सदुपयोग गर्न सकेनन्। रक्षापंक्तिमा पनि गल्ती भयो। तर कुनै एक खेलाडीलाई दोष दिन चाहन्न। एक खेलले प्रतियोगिता सकिदैन। बाँकी खेलमा सुधार गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्