हैदरावादमाथि सुपर ओभरमा दिल्लीको रोमाञ्चक जित एजेन्सी। दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादमाथि सुपर ओभरमा रोमाञ्चक विजय हासिल गरेको छ। टस जितेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा चार विकेट गुमाएर १५९ रन बनायो। हैदरावादले पनि सात विकेट गुमाएर १५९ रन नै बनायो। सुपर ओभरमा दिल्लीले बाजी मार्‍यो। जितसँगै आठ अंक जोडेको दिल्ली दोस्रो स्थानमा उक्लिएको छ। दुई अंक जोडेको हैदराबाद सातौं स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्