नेपाली क्रिकेट टिम सिंगापुर जाँदै

काठमाडौं । सिंगापुरमा हुने त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिम आज राती त्यसतर्फ प्रस्थान गर्दैछ।

आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाली टोलीलाई विदाइ गरे ।

पारस खड्काको कप्तानीमा रहेको १५ सदस्यीय टवलीमा दुई नयाँ अनुहारको रुपमा कुशल मल्ल र इशान पाण्डे रहेका छन्। क्यारेबियन लिग खेल्ने वेष्ट इन्डिज गएका सन्दीप लामिछाने भने उतैबाट सिंगापुर प्रस्थान गरिसकेका छन्।

सिरिजमा घरेलु टोली सिंगापुर, नेपाल र जिम्बावेले प्रतिस्पर्धा गर्नेछन्। नेपालले पहिलो खेल ११ असाेजमा टेष्ट नेशन जिम्बावेसँग खेल्नेछ। यस्तै सिंगापुरमा सिरिज खेलेपछि नेपाली टोली त्यतैबाट पाँच राष्ट्र सहभागी टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न ओमन जानेछ।

टोलीलाई विदाइ गर्दै सदस्य सचिव सिलवालले यस पटक नेपाली टोलीमा युवा खेलाडीको बाहुल्यता रहेपनि टीम सन्तुलित रहेको बताएका छन्। “टिम सन्तुलित छ। नेपाली क्रिकेट कुन डिरेक्सनमा जान्छ भन्ने निर्णय गर्नेछ,” सिलवालले भने।

“टिममा रहेका नयाँ र पुराना दुवै खेलाडीलाई चुनौती छ। पुरानोलाई टिममा रहिरहन चुनौती छ भने नयाँलाई कसरी राम्रो खेल्ने चुनौती छ,” सिलवालले पिचको कन्डिसनअनुसार खेल प्रदर्शन गर्नुपर्ने भन्दै क्रिकेटमा प्रत्येक बलको महत्व रहने बताए।

सिंगापुर ट्राई सिरिज खेल तालिका

१० असोज : नेपाल भर्सेस जिम्बावे

११ असोज : नेपाल भर्सेस सिंगापुर

१२ असोज : सिंगापुर भर्सेस जिम्बावे

१४ असोज : जिम्बावे भर्सेस नेपाल

१५ असोज : सिंगापुर भर्सेस नेपाल

१६ असोज : सिंगापुर भर्सेस जिम्बावे

ओमनमा हुने सिरिजमा नेपालको खेल तालिका

१९ असोज : नेपाल भर्सेस हङकङ

२० असोज : नेपाल भर्सेस नेदरल्यान्ड्स

२२ असोज : नेपाल भर्सेस आयरल्यान्ड

२३ असोज : नेपाल भर्सेस ओमन

नेपाली टीम:

पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, अविनाश बोहरा, ललितनारायण राजवंशी, शन भारी र इशान पाण्डे।

सिंगापुर ट्राई सिरिज खेल तालिका

१० असोज : नेपाल भर्सेस जिम्बावे

११ असोज : नेपाल भर्सेस सिंगापुर

१२ असोज : सिंगापुर भर्सेस जिम्बावे

१४ असोज : जिम्बावे भर्सेस नेपाल

१५ असोज : सिंगापुर भर्सेस नेपाल

१६ असोज : सिंगापुर भर्सेस जिम्बावे

ओमनमा हुने सिरिजमा नेपालको खेल तालिका

१९ असोज : नेपाल भर्सेस हङकङ

२० असोज : नेपाल भर्सेस नेदरल्यान्ड्स

२२ असोज : नेपाल भर्सेस आयरल्यान्ड

२३ असोज : नेपाल भर्सेस ओमन

नेपाली टीम:

पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, अविनाश बोहरा, ललितनारायण राजवंशी, शन भारी र इशान पाण्डे।

प्रतिक्रिया दिनुहोस्