नेपाल सुपर लिग : ललितपुर सिटीविरुद्ध एफसी चितवन भिड्दै काठमाडौं। नेपाल सुपर लिगमा आज ललितपुर सिटी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ। ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो। चितवनको भने यो पहिलो खेल हो। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ। चितवनको प्रशिक्षण मेघराज केसीले गर्नेछन् भने ललितपुरको प्रशिक्षण प्रदीप हुमागाईंले गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्