रोहितको क्लबलाई मेन्पोरा कपको उपाधि काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्दको क्लब पर्सिजा जाकार्ताले मेन्पोरा कपको उपाधि जितेको छ। आइतबार राति सम्पन्न फाइनलमा पर्सिजाले पर्सिब बानडुङलाई २–० तथा समग्रमा ४–१ को नतिजा निकाल्दै उपाधि जितेको हो। पहिलो लिगमा पर्सिजा २–० ले विजयी भएको थियो। जारी सिजन पर्सिजाको यो पहिलो उपाधि हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्