नेपाल सुपर लिग: ललितपुर र चितवन बराबरी काठमाडौं। अन्तिम मिनेट सम्हालिन नसक्दा ललितपुर सिटीले आज नेपाल सुपर लिगमा चितवन एफसीसँग अंक बाडेको छ। चितवनका अमितले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेका थिए। ललितपुरले ६९औं मिनेटमा कमल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो। २०औं मिनेटमा ललितपुरका कप्तान अञ्जन विष्टले पेनाल्टीमा गोल गर्ने अवसर खेर फालेका थिए। अञ्जनको प्रहार चितवनका गोलकिपर विशाल सुनारले बचाए। दुबै टीमले समान एक अंक जोडे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्