युइएफएले इब्राहिमोविचमाथि थाल्यो अनुसन्धान
काठमाडौं। युरोपेली फुटबलको प्रमुख प्रशासकीय निकाय युइएफएले बेटिङ (सट्टेबाजी) कम्पनीको पार्टनर बनेपछि आर्थिक स्वार्थ हुनसक्ने भन्दै जाल्टन इब्राहिमोविचमाथि अनुसन्धान सुरु गरेको छ। एसी मिलानका ३९ वर्षे स्ट्राइकर इब्राहिमोविचले अनुशासन उल्लंघन गरेको हुनसक्ने भन्दै अनुसन्धान सुरु भएको हो। युइएफएको अनुशासन सम्बन्धी नियम अनुसार सट्टेबाजीमा खेलाडीको आर्थिक चासो र संलग्नता हुनु हुँदैन ।
प्रतिक्रिया दिनुहोस्