राष्ट्रिय फुटसल टोलीको जिम्मेवारी गौरव बस्नेतलाई काठमाडौं। नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन्। बस्नेतलाई नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले मंगलबार नियुक्ति पत्र प्रदान गरेका हुन्। उनलाई एन्फाको फुटसल कमिटीले सिफारिस गरेको हो। एन्फाले बस्नेतलाई छ महिनाका लागि जिम्मेवारी सुम्पिएको हो। बस्नेत यसअघि राष्ट्रिय फुटसल टोलीको सहायक प्रशिक्षक थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्