धनगढीको जितमा ओलावालेको दुई गोल काठमाडौं। धनगढी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै पहिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सिमित धनगढीलाई जित दिलाउन ओलावाले आफिजले दुई र टंक बस्नेतले एक गोल गरे। काठमाडौंविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा धनगढीले खेलको पहिलो हाफमै तीन गोल गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्