नेपाल सुपर लिगमा : आज दुई खेल हुँदै काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो २ः३० बजेदेखि हुने पहिलो खेलमा चितवन एफसी र बुटबल लुम्बिनी एफसी भिड्दैछन्। त्यस्तै साँझ ५ः३० बजेदेखि सुरुहुने दोस्रो खेलमा विराटनगर एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ। जेठ १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख पुरस्कार प्राप्त गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्