त्रिदेशिय फुटबल प्रतियोगिताका विजेता खेलाडीलाई जनही चार लाख रुपैयाँ पुरस्कार काठमाडौं। सरकारले काठमाडौंमा सम्पन्न त्रिदेशिय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको बिजेता नेपाली टोलीका खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा बिजेता २३ जना नेपाली खेलाडीलाई उक्त पुरस्कार दिने निर्णय गरिएको बताए। यस्तै, नेपाली टिमका तीन जना प्रशिक्षकलाई जनही दुई लाख रुपैयाँ दिइने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्