नेपाल सुपर लिगः बराबरी मै रोकिए पोखरा र बुटवल
काठमाडौं। सुरुवाती दुई गोललाई जोगाउन नसक्दा पोखरा एफसीले नेपाल सुपर लिगमा बुटवल लुम्बिनी एफसीसँग २-२ को बराबरी खेल्दै अंक बाढेका छन्। पोखराका जर्जप्रिन्स कार्की र टेकबहादुर बुढाथोकीले १/१ गोल गर्दा बुटवल लुम्बिनीका आशिष लामा र लक्ष्मण रुचालले पनि १/१ गोल गरेका हुन। जेठ १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख प्राप्त गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्